News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले गोरखा १ मा प्रेम खत्री र गोरखा २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ।
- गोरखा २ मा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमालेका मिलन गुरुङ र नेकपाका लेखनाथ न्यौपाने पनि चुनाव लड्दैछन्।
- फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ र भोलि उम्मेदवार मनोनयनको कार्यतालिका छ।
५ माघ, काठमाडौं । नेपाली कांग्रेसले गोरखाको दुवै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । संसदीय बोर्डको बैठकले गोरखा १ मा प्रेम खत्री र गोरखा २ मा प्रकाशचन्द्र दवाडीको नाम टुंगो लगाएको हो । दुवै उम्मेदवार व्यवसाय र सामाजिक सेवामा संलग्न छन् । गोरखा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) नेकपाबाट लेखनाथ न्यौपाने पनि चुनाव लड्दैछन् ।
गोरखा १ मा एमालेका आरसी लामिछाने, नेकपाका हरि अधिकारी पनि उम्मेदवार छन् । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि भोलि उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4