News Summary
Generated by OK AI. Editorially reviewed.- खनालले २०७० सालमा संविधानसभा सदस्य निर्वाचन जितेका थिए र बर्दघाट नगरपालिका निवासी हुन्।
- खनालले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन्।
५ माघ,बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश पूर्वमहामन्त्री विक्रम खनाल रास्वपा प्रवेश गरेका छन् । उनले कांग्रेसबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचन जितेका थिए ।
बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
२०७९ को निर्वाचनमा क्षेत्र नं १ मा बिनोद चौधरीले टिकट पाएपछि खनाल असन्तुष्ट थिए । उनीमाथि चौधरीलाई हराउन खोजेको आरोप लागेको थियो ।
खनालले सयौं कार्यकर्तासहित रास्वपा प्रवेश गरेको बताए । उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4