५ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ मा रास्वपाबाट पारसमणी गेलाल उम्मेदवार बनेका छन् ।
युवा व्यवसायी गेलाललाई सोमबार पार्टीका नेता गणेश पराजुलीले टिकट प्रदान गरेका हुन् ।
उनी पछिल्लो समय व्यवसायीक क्षेत्रमा आबद्ध छन् भने पार्टीमा उद्योग विभाग सचिव हुन् ।
प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । जसका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
त्यसअघि दलहरूले धमाधम टिकट बाँडिरहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4