५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता कार्यकर्ताहरू पुगेर अहिले विरोध गरिरहेका हुन् ।
लामिछाने र शाह सोही होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई सोही होटलमा बसेर टिकट वितरण गरिरहेका हुन् ।
बालेनले पनि सोही होटलमा आजै सभापति लामिछानेसँग टिकट लिएका थिए ।
रवि, बालेन लगायतका नेताहरू हिजो नै जनकपुर पुगेका थिए । उनीहरू आजै जनकपुरमा आयोजित सभामा भाग लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4