+
+
Shares

टिकट वितरणमा योगेशको आपत्ति, पार्टीमा दर्ता गरे ‘नोट अफ डिसेन्ट’

स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १६:१७

४ माघ, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

हिजो (शनिबार) बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो । जसमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले ‘नोट अफ डिसेन्ट’ लेख्ने बताएका थिए ।

सोही अनुसार, उनले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन् ।

टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।

बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको तर्क भट्टराईको छ ।

भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा पनि एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।

ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल गरेका थिए ।

‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,’ भट्टराईले लेखेका थिए, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?