News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
४ माघ काठमाडौं । जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले अनलाइनखबरलाई जानकारी दिए ।
धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्टनजिक दुर्घटनामा परेको हो ।
‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’ उनले भने, ‘१ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’
उनले मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन नभएको बताए । बसले औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4