+
+
Shares

सल्यानमा ६ दलका उम्मेदवार तय, को कस्ता ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ७:५३

६ माघ, सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सल्यानमा ६ राजनीतिक दलले उम्मेदवार टुंगो लगाएका छन् ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह र नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार छन् ।

यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली उम्मेदवार छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विष्ट पार्टीको जिल्ला नेतृत्वमा रहेका प्रभावशाली व्यक्ति हुन् । उनी यसअघि जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् भने पछिल्लो स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

नेकपा एमालेका उम्मेदवार शाह पार्टीका कर्णाली प्रदेशस्तरीय रणनीतिक भूमिकामा सक्रिय नेता हुन् । उनी २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश मल्ल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्लले यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवको रुपमा काम गरेका थिए । उनी पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चन्द्रबहादुर खड्का (असल) माओवादी पूर्व लडाकु कमाण्डर हुन् । उनी हाल पार्टीको पोलिटब्यूरो तहका नेता हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित चन्द नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेता मानिन्छन् । कर्णाली प्रदेश महामन्त्री रहेका चन्द पेशाले इन्जिनियर हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अनिसा नेपाली भने यसअघि संसदमा समानुपातिक प्रतिनिधित्व गरिसकेकी अनुभवी सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?