News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले झापा ५ मा रास्वपा उम्मेदवार बालेन शाहले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
- उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा बालेन शाहका समर्थक ठूलो संख्यामा उपस्थित थिए।
- निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तडकभडक नगर्न दलहरूलाई आग्रह गरेको थियो।
६ माघ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मीप्रसाद संग्रौलाले रास्वपा उम्मेदवार बालेन शाहले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लक्ष्मीप्रसादले आचारसंहिताको उल्लङ्घन भएको बताएका हुन् ।
उम्मेदवारी दर्ताका लागि मंगलबार निर्वाचन कार्यालयतर्फ जाँदा ठूलो संख्यामा बालेनका समर्थकको उपस्थिति थियो । निर्वाचन आयोगले तडकभडक नगरी उम्मेदवारी दर्ताका लागि जान दलहरूलाई आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4