+
+
Shares

‍गोरखामा १३ दलले दिए उम्मेदवारी, तीन जना स्वतन्त्र

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखामा १३ दलका उम्मेदवारले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्।
  • गोरखा १ र २ मा कांग्रेस, नेकपा, एमाले लगायतका दलका उम्मेदवारले मनोनयन दिएका छन्।
  • तीन जना स्वतन्त्र उम्मेदवारले पनि गोरखा १ र २ बाट उम्मेदवारी दिएका छन्।

६ माघ, गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मंगलवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र आम जनता पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

यी दलमध्ये संयुक्त नागरिक पार्टीले क्षेत्र नम्बर १ मा मात्र उम्मेदवारी दर्ता गरेको छ भने आम जनता पार्टीको तर्फबाट क्षेत्र नम्वर २ मा मात्र उम्मेदवारी परेको छ ।

गोरखा १ मा कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, रास्वपाबाट सुधन गुरुङ, प्रलोपबाट गोपालबाबु श्रेष्ठ, नेकपा (माओवादी) बाट विष्णुप्रसाद रिजाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, राप्रपाबाट केदारमणी खनाल, नेमकिपाबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जितबहादुर घले र नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगरले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गोरखा २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, प्रलोपबाट बाबुराम भट्टराई, राप्रपाबाट कुलबहादुर बस्नेत, नेकपा (माओवादी) बाट टेकबहादुर प्रधान, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेमकिपाबाट रामशरण बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ र आम जनतापार्टीबाट कल्पना कुमालले उम्मेदवारी दर्ता गरेका छन् ।

तीन जना स्वतन्त्र उम्मेदवार

आसन्न निर्वाचनमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोरखा–१ बाट कविता भट्टराई र २ बाट चुडाप्रसाद ढकाल र हरि पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई गोरखा नगरपालिका–१ की हुन् । ढकाल सिरानचोक गाउँपालिका – २ का हुन् भने पोखरेल अजिरकोट गाउँपालिका–५ का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?