+
+
Shares

शुक्रबार यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले शुक्रबार चार प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते २०:३७

७ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार चार प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

बुधबार जारी मौसम बुलेटिनअनुसार शुक्रबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ । हिमपातको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?