+
+
Shares

राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट घिमिरे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:३९

११ माघ, दाङ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेश दाङका लमही नगरपालिका-२ बनकट्टा निवासी बासुदेव घिमिरे निर्वाचित भएका छन् ।

घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग समूहमा उम्मेद्वार बनेका थिए । उनले ६३२२ मतभार प्राप्त गरी विजयी भएका हुुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सरल विकले १६०१ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ ७८  र स्थानीय तहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेशसभा तर्फ महिला ३० र पुुरुष ४८ रहेका थिए ।

प्रदेशसभा तर्फ ८३ मतमा प्रदेशसभातर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदाता मध्ये ९ मतदाता अनुुपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?