११ माघ, दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका थिए ।
उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट खुल्ला समूहमा बोमबहादुर खत्री पनि चुनावी मैदानमा उत्रिएका थिए । प्रदेशसभा तर्फ ७८ र स्थानीय तहतर्फ २०८ मत खसेको थियो ।
जसमा प्रदेशसभा तर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभा तर्फ ८३ मतमा प्रदेशसभातर्फ ५ र स्थानीय तह तर्फ २१७ मतदाता मध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4