११ माघ, दाङ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेश दाङका लमही नगरपालिका-२ बनकट्टा निवासी बासुदेव घिमिरे निर्वाचित भएका छन् ।
घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग समूहमा उम्मेद्वार बनेका थिए । उनले ६३२२ मतभार प्राप्त गरी विजयी भएका हुुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सरल विकले १६०१ मतभार प्राप्त गरेका थिए ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीय तहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेशसभा तर्फ महिला ३० र पुुरुष ४८ रहेका थिए ।
प्रदेशसभा तर्फ ८३ मतमा प्रदेशसभातर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदाता मध्ये ९ मतदाता अनुुपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4