+
+
Shares

बारामा आमा-छोरा हत्या प्रकरण : दुबईबाट फर्किएका युवक पनि जोडिए, बुहारी पक्राउ

‘विवाहेत्तर सम्बन्ध रहेको आशंका’

दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको परवानीपुर गाउँपालिका–१ मा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ।
  • हत्या घटनामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन्, ती युवक २६ जनवरीमा दुबईबाट नेपाल आएका थिए।
  • हत्या योजनाबद्ध भएको आशंका छ र अनुसन्धान अधिकृतले बुहारीसँग युवकको विवाहत्तेर सम्बन्ध रहेको बताए।

१४ माघ, काठमाडौं । बारामा एकै परिवारका आमा छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका ती युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल आएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

‘बुहारीसँग ती विदेशबाट आएका युवकको विवाहत्तेर सम्बन्ध रहेको बुझिएको छ । यसबारे परिवारमा थाहा पाएर किचकिच भएपछि योजनाबद्ध रुपमा हत्या गरेको जस्तो देखिन्छ । थप विषय अनुसन्धानबाट पुष्टि होला,’ ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?