News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार जितु नेपाल \'मुन्द्रे\' ले निर्माण गरेको फिल्म \'आइएम जितबहादुर\' को छायांकन बिहीबार मण्डला थिएटरमा सकिँदैछ।
- निर्माण नियन्त्रक दिलिप पन्तले १५ दिनमा छायांकन सकिन लागेको र भारतीय प्राविधिक टोलीसँग समन्वयमा काम चाँडो भयो भने।
- फिल्म नेपाली कलाकारको संघर्ष र सफलताको कथामा आधारित छ र हिन्दी तथा बंगाली निर्देशक शुभेन्दु घोषले निर्देशन गरेका छन्।
काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ को छायांकन भोलि बिहीबार सकिँदैछ । मण्डला थिएटरमा अन्तिम दृश्यहरू यतिबेला छायांकन भैरहेको छ ।
त्यसअघि मंगलबार एक गीतको दृश्य खिचियो जहाँ जितु र प्रियंका कार्की रोमान्टिक देखिए । प्रियंकाले पनि सामाजिक सञ्जालमा फोटो सेयर गरेकी छन्, जहाँ गीतको छायांकन भैरहेको छ ।
निर्माण नियन्त्रक दिलिप पन्तका अनुसार, १५ दिनमा छायांकन सकिन लागेको हो । ‘भारतीय प्राविधिक टोली हुनुहुन्थ्यो, उहाँहरूसँगको समन्वयमा सबै तयारीको काम चाँडो चाँडो भयो र काम सकिन लाग्यो’ पन्तले भने ।
५ दिनसम्म चित्लाङको चखेल र १० दिनमा काठमाडौंमा गरेर छायांकन पूरा भएको हो । यो फिल्मको बजेट डेढकरोड छ ।

नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा बन्ने फिल्मको केही हिस्सा जितुको वास्तविक जीवनकथामा समेत आधारित हुनेछ ।
जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माताको रुपमा संलग्न थिए । तर, यसपटक भने उनी एकल लगानीमा फिल्म बनाउन कस्सिएका हुन् ।
यो फिल्मलाई हिन्दी र बंगाली भाषाका निर्देशक शुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा जितु र प्रियंकासहित वर्षा राउतको पनि शीर्ष भूमिका छ ।



प्रतिक्रिया 4