+
+
Shares

नेप्से बढ्यो ५ अंक, घट्यो कारोबार रकम

पछिल्ला दिनमा नेप्सेमा १० अर्बभन्दा बढीको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह कायमै रहने संकेत गर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार ५.३८ अंकले बढेर २७३१.८९ पुगेको छ।
  • बुधबार नेप्सेमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ।
  • फाइनान्स समूह परिसूचक १.२४ प्रतिशत र जलविद्युत् ०.९९ प्रतिशतले बढेको छ भने इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लागेको छ।

१४ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ ।

सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको थियो । बुधबार भने ११ अर्ब ४९ करोड रुपैयाँ मात्रै कारोबार भएको छ ।

तर, पछिल्ला दिनमा नेप्सेमा १० अर्बभन्दा बढीको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह कायमै रहने संकेत गर्छ ।

मंगलबार २७२६.५१ बिन्दुमा बन्द भएको बजार बुधबार भने २७३१.८९ अंक पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका १ सय ४१ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय १२ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये फाइनान्स १.२४ प्रतिशत बढेको छ भने जलविद्युत् ०.९९ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लाग्दा माइक्रोफाइनान्स सूचक भने ०.१४ प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढ्यो भने गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले घटेको छ ।

बुधबार नेप्सेमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?