+
+
Shares

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगो लागेको थियो।
  • आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आगलागीको कारण अझै खुलिसकेको छैन भनेका छन्।

१५ माघ, काठमाडौं । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ।

दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो ।

आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) पवनकुमार भट्टराईले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । आगो निभाउन दमकल प्रयोग गरिएको थियो ।

आगलागीको कारण भने अझै खुलिसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?