+
+
Shares

जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाउने व्यक्ति प्रतिनिधि सभा चुनावका उम्मेदवार

उनले सल्यानबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते ११:३९

१६ माघ, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ ।

बम राखेको हल्ला फैलाएको सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३० वर्षीय जुद्धबहादुर सिंह पक्राउ परेका थिए । नेपाली सेनाले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प अगाडि झोलामा बम राखेको भन्दै हल्ला फैलाएका थिए । झोला खोलेर हेर्दा इँटा फेला परेको थियो ।

अनुसन्धानको क्रममा उनीे आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति रहेको खुलेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले बताए ।

सल्यानबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले क्यालकुलेटर चुनाव चिह्न पाएका छन् ।

उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?