+
+
Shares

एमालेको विश्लेषण : झापा–५ मा कुनै जोखिम छैन

सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:१५

१६ माघ, काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।

सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं,’ पोखरेलले सुनाए, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

भ्mापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?