१७ माघ, काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।
धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, रन्जिता चौधरी लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरे ।
सो समूहले शनिबार पार्टीबाट अलग भएको घोषणा गरेको थियो । सो समूह नेपाली कम्युनिष्ट पार्टीसँग ८ बुँदे सहमति गर्दै समाहित भएको हो ।
नेतृत्वप्रति असहमति जनाउँदै र क्रान्तिका बहस फेसबुकमा मात्र सीमित भएको भन्दै धनकुमारी सुनार नेतृत्वमा १३ जनाले आहुतिको साथ छाडेको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4