+
+
Shares

‘कुमारी’ को लाइभ म्युजिकल कन्सर्टमा झुम्यो मधुमल्ला बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १२:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेम कथानक फिल्म ‘कुमारी’ले मोरङको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ सम्पन्न गरेको छ।
  • कन्सर्टमा करिब २ हजार दर्शक सहभागी थिए र कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काले ‘डोको बुन्ने’ गीतमा लाइभ नृत्य प्रस्तुति दिएका थिए।
  • निर्देशक दिनेश राउतले ट्रेलरले पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताउनुभयो र फिल्ममा प्रेमसंघर्ष र पारिवारिक अन्तद्वन्द्व चित्रण गरिएको छ।

दमक । प्रेम कथानक फिल्म ‘कुमारी’ ले मोरङको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ सम्पन्न गरेको छ । स्थानीय भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा करिब २ हजार भन्दा धेरै दर्शकको सहभागी रहेको जनाइएको छ ।

कन्सर्टमा कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काले सुपरहिट गीत ‘डोको बुन्ने’ गीतमा लाइभ नृत्य प्रस्तुति दिँदा दर्शक पनि उनीहरूसँगै झुमेका थिए ।

सो अवसरमा फिल्मका पाश्र्वगायक केहरसिंह लिम्बुले ‘डोको बुन्ने’ सहित अन्य चर्चित गीत ‘तिमी बिना’, ‘कता छौ’ जस्ता गीतमा प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध तुल्याए । दर्शकले चिसोको पर्वाह नगरि राति ११ बजेसम्म साथ दिए ।

डेब्यू कलाकार खड्का विर्तामोडस्थित घरमा पुग्दा आफन्त र छिमेकीले भव्य स्वागत गरे । अभिनेत्री राजभण्डारी र फिल्मको टिमसहित घरमा पुगेका थिए । त्यतिबेला उनीहरू भावुक समेत देखिन्थे ।

यसअघि काठमाडौंको भृकुटीमण्डमा आयोजित कन्सर्टमा ट्रेलर सार्वजनिक गरिएको थियो । निर्देशक दिनेश राउतले ट्रेलरले पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए । उनले भने, ‘दर्शकको प्रतिक्रियाले हामीलाई सिनेमा घरसम्म पनि यस्तै साथ मिल्ने विश्वास दिलाएको छ ।’

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रेमसंघर्ष र पारिवारिक अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ । फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?