१८ माघ, धनगढी । कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।
भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
मुचुल्का गरी शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।
शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4