+
+
Shares

एयरपोर्ट भन्सारमा अख्तियारको छापा, साढे २ लाख घुससहित दुई दर्जन मोवाइल बरामद

संलग्नहरूको ट्रयाक रेकर्ड र अरु सम्पर्कहरूमाथि अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र नासु छविप्रसाद रिजाल छन्।
  • अख्तियारले कुल दुई लाख ६८ हजार रुपैयाँ र २३ वटा मोबाइल बरामद गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

१९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल (निकासी) शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० हजार, त्यही घर्रामा स्रोत नखुलेको ४० हजार अनि उनको साथबाट स्रोत नखुलेको ९६ हजार गरी कुल एक लाख ४६ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

अख्तियारले नासु रिजालको साथबाट २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरेको थियो ।

अख्तियारका अनुसार घुस रकम र स्रोत नखुलेको समेत गरी कुल दुई लाख ६८ हजार रुपैयाँ र विभिन्न व्यक्तिका २३ वटा मोवाइलसमेत बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?