News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘द ब्लू लाइट’ निर्माता कम्पनी स्काइफल पिक्चर्सले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ।
- यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको थियो र सुखद प्रतिक्रिया प्राप्त गरेको थियो।
- निर्मात्री बेनिशा हमालले डेब्यू गरेको फिल्मको डिजिटल अधिकार पनि उनको प्रोडक्सन कम्पनीले लिएको छ।
काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ लाई हलबाट उतार्ने निर्णय यसका निर्माताले गरेका छन् । निर्माता कम्पनी स्काइफल पिक्चर्सले सोमबार विज्ञप्ति जारी गर्दै हलबाट हटाउने (प्रदर्शन स्थगित गर्ने) निर्णय गरिएको जनाएको छ ।
यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । फिल्मलाई सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गरिने पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।
फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको थियो । यसको औपचारिक बक्सअफिस विवरण पनि बाहिर आइसकेको छैन । यो फिल्मबाट अभिनेत्री बेनिशा हमालले निर्मात्रीको रुपमा डेब्यू गरेकी थिइन् ।
बेनिशाकै प्रोडक्सन कम्पनीले यो फिल्मको डिजिटल अधिकार पनि लिएको थियो । थ्रीलर ड्रामामा अर्पण थापा, बेनिशा हमाल, आयुष्मान जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4