News Summary
Generated by OK AI. Editorially reviewed.- ‘म्युजिसियन र ब्यान्ड’ लेखिएको बालेनको अफिसियल फेसबुक पृष्ठलाई सोमबार राती ८ बजेसम्म ३४ लाख ६० हजार ७८६ जनाले पछ्याएका छन् ।
- बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन्।
काठमाडौं । हिपहप कलाकार बालेनले सामाजिक सञ्जाल फेसबुक फलोअर्स संख्यामा अभिनेत्री रेखा थापालाई उछिनेका छन् ।
‘म्युजिसियन र ब्यान्ड’ लेखिएको बालेनको अफिसियल फेसबुक पृष्ठलाई सोमबार राती ८ बजेसम्म ३४ लाख ६० हजार ७८६ जनाले पछ्याएका छन् ।
सोही अवधिससम्म रेखालाई पछ्याउनेको संख्या ३४ लाख ४६ हजार १५६ छ । आफूलाई कलाकार बताउने जनकपुरकी सान्भी भगतलाई पछ्याउनेको संख्या ४० लाख माथि छ । तर, यो फेज भेरिफाइड छैन ।
पछिल्लो समय राजनीति ज्वाइन गरेका बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार हुन् ।
खास नाम बालेन्द्र शाह भएपनि उनको स्टेज नेम ‘बालेन’ हो । काठमाडौं महानगरको मेयर बन्नुअघि उनी नेपालको अन्डरग्राउन्ड र्यापमा निकै चर्चित थिए । ‘र बार्ज’ बाट उनी एकाएक भाइरल बने ।
बालेनको हिपहप गायन समाज र राजनीतिक प्रेरित काव्यीक शैलीको मानिन्छ । बालेनले पछिल्लो समय ‘झरीपछिको इन्द्रेणी’ को ट्रयाकमा स्वर दिएका थिए, जुन अहिले निकै हिट छ ।
प्रतिक्रिया 4