+
+
Shares

चुनीखेल नयाँबस्ती आगलागी : २४ परिवार विस्थापित

‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ’, वडा अध्यक्ष टिकानारायण श्रेष्ठले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ७:११

२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।

मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । ‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ’, वडाध्यक्ष श्रेष्ठले भने ।

विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।

विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । आज प्रहरीसहित मुचुल्का उठाइने र क्षतिको विवरण एकिन गर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?