+
+
Shares

आयोगलाई महानगरको जवाफ- जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा बजेटबाट स्वीकृत कार्यक्रम हो

निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाडौं महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण पत्र काटेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १२:२५

२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाडौं महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण पत्र काटेको थियो ।

जसको जवाफ पठाउँदै महानगरले ७० वर्ष माथिका नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम रहेको बताएको छ ।

‘यस महानगरपालिका नगरसभाको १७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ मा ७० वर्ष माथिको जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम स्वीकृत भएको व्यहोरा अनुरोध छ’, महानगरको जवाफमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने, तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकोले निर्वाचन आचार संहिताअनुकुल नै कार्यक्रम अगाडि बढेको महानगरले जवाफ पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?