२४ माघ, काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिलिचोङ–२ को भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सिलिचोङ–२ बेतेनी घरभई भोजपुरको साल्पा सिलिछो–१ काम्लेटार बस्ने ५६ वर्षीय प्रेम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
शनिबार दिउँसो साढे ३ बजे सिलिचोङ–२ बेतेनीबाट बालातर्फ जाँदै गरेको बा प्र–०२–०४६ प २४६७ नम्बरको मोटसाइकल दुर्घटना भएको हो । सिलिचोङको भित्रि सडकखण्ड लोक्छोङ डाँडाँमा मोटरसाइकल अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल खसेर प्रेम कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रेम कुमारको मोटरसाइकल पछाडि बसेका थिए । भोजपुरको साल्पा सिलिछो–१ काम्लेटारका २२ वर्षीय आकाश राईले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गर्दैछ ।
प्रतिक्रिया 4