+
+
Shares

एनसीएचएलका सीईओ नीलेशमानसिंह प्रधान ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १८:०७

२८ माघ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमानसिंह प्रधानलाई नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा आयोजित ४५औं नेसनल म्यानेजमेन्ट कन्भेन्सनमा ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ ।

प्रधानले नेपालको डिजिटल भुक्तानीे क्षेत्रमा पुर्‍याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको एनसीएचएल–आईपीएस–आरपीएस, एनपीएस कनेक्ट–आईपीएस, कर्पोरेट–पे नेपालपे क्यूआर, नेपालपे कार्ड, ईएफटी स्विच, एनपीआई र एनपीआई–एक्स लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधारले डिजिटल अर्थतन्त्रमा पारेको प्रभावको सम्मान स्वरूप उक्त अवार्ड प्रदान गरिएको  हो ।

सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङबाट सुरु गरी एनसीएचएललाई आजको दिनमा आइपुग्दा नेपालको भुक्तानी पूर्वाधारको मेरुडण्डका रूपमा स्थापित गर्न सफल भएका छन् ।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको म्यानेजर अफ द इयर अवार्ड व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यक्तित्वमध्येबाट छनोट गरी सम्मानित गर्न प्रदान गरिँदै आएको छ ।

सोही कार्यक्रममा नेपालमा आफ्नो विशेष योगदान पुर्‍याएका युवराज खतिवडालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मनित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?