+
+
Shares

पहाडसँग मधेश जोड्दै प्राध्यापक र पत्रकार 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते ९:२०

२९ माघ, ओखलढुंगा । रसायशास्त्रका प्राध्यापक चण्डेश्वर यादव सामाजिक ल्यावमा समाजको चिरफार गर्न पहाडका गाउँ आइपुगे । उनी पहाडी समाजमा मधेश बुझाउन पाँच दिनदेखि पहाडका गाउँमा छन् ।

जागिरभर कोठाको प्रयोशालामा अनुसन्धान गरेका यादवले अहिले पहाडका समाजतिर अनुसन्धानको सुई घुमाएका छन् । उनले मधेश र पहाडी समाजको सम्बन्ध जोड्ने अभियानमा पहाड चढेको बताए ।

उदयपुरबाट खोटाङ हुँदै मंगलबार ओखलढुंगा आइपुगेका यादव वरिष्ठ पत्रकार रामरिझन यादव र दिवाकर यादवसँग मधेश र पहाडको सम्बन्ध केलाउँदै थिए । उनले भने, ‘हामीले मधेश र पहाडको सम्बन्ध जोड्न चाहेका छौं, त्यो सामाजिक र राजनीतिक हिसाबले संभव छ ।’

यति कुरा गर्दा वरिष्ठ पत्रकार रामरिझन यादव भने ओखलढुंगाको गणेशस्थलमा माइकिङमा सुनिए । उनले ओखलढुंगाबासीलाई सम्बोधन गर्दै भने, ‘हामी मधेशबाट दुई मुद्दा लिएर पहाड आएका हौं, पहिलो भाषा आयोगले ६ वर्ष पहिले सिफारिस गरेको प्रादेशिक रुपमा सरकारी कामकाजको भाषाका रुपमा लिम्बु र मैथिलीलाई मान्यता दिनु पर्ने र पहाडमा उम्मेदवार बनेका मधेशीमूलका उम्मेदवाहरुलाई जिताउनु पर्ने हाम्रा माग हुन् ।’

उनले यी मुद्दाको गहिरो अर्थ रहेको बताए । मधेशले सधैं पहाडका उम्मेदवार जिताएर सांसद, मन्त्री बनाएको छ, अब मधेशका उम्मेदवार पनि पहाडबाट उठ्ने र जित्ने अवस्था बनाउन सके देश जोड्न सकिने यादवको बुझाइ छ ।

उनीहरुको यो यात्राबाट मधेश पहासँग जोड्ने सन्देश मात्र दिएका छैनन्, पहाडको मनोविज्ञान पनि बुझेका छन् । मतदाताको मनोविज्ञान पढेका उनीहरुले मधेशको मत चलायमान

हुँदा पहाडमा स्थिर रहेको अनुभूति गरे ।

पहाडमा चेतनास्तर स्थिर र मधेशकोभन्दा बढी नै देखियो । मधेशका उम्मेदवार पहाडमा जिताउन पहाडका जनता लागे भने वास्तविक समावेशी समाज, समावेशी राज्य र आपसी सौर्हादता देखिने उनीहरुले बताए ।

गाउँ र बजारका चोक चोकमा पर्चा बाड्ने र माइकिङ गर्दै आफ्ना मुद्दाहरु सुनाएका उनीहरुले उदयपुर ओखलढुंगा र खोटाङ पाँच दिन बिताएका छन् । यात्राको संयोजन कोसी प्रदेशको मैथिलीभाषी पत्रिका मिथिला टाइम्सले गरेको हो । पाँच दिने यात्रा सकेर उनीहरु मधेश झरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?