१ फागुन, काठमाडौं । समर्थकबाट घेरिँदै पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास पुगेका छन् ।
झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्याएका हुन् । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल अगाडि पुगेका थिए । त्यहाँबाट नाराजुलुस गर्दै चक्रपथको बाटो निर्मल निवास लगिएको थियो ।
नाराजुसुल हुने भएपछि बिहानैदेखि सुरक्षा व्यवस्थापनमा खटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले कुनै उच्छृंखल गतिविधि शाहलाई समर्थकले निर्मल निवास लगेको बताए ।
कुनै उच्छृंखल गतिविधि हुनसक्ने भन्दै बिहानैदेखि ठूलो संख्यामा प्रहरी खटिएको थियो । तर कहीँ केही पनि त्यस्ता गतिविधि नभएको उनले बताए ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका थिए ।
थप तस्वीरहरू:














प्रतिक्रिया 4