+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पशुपति पुगेर गृहमन्त्रीले लिए शिवरात्रीको सुरक्षाबारे जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १९:३१

२ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा जानुभई भक्तालुहरुलाई पशुपति दर्शनको लागि गरीएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् ।

गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु,मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्च पदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषले गरेको तयारीबारे जानकारी गराए ।

मन्त्री अर्याल सहितको टोलीलाई महाशिवरात्री लक्षित सुरक्षा व्यवस्था तयारीबारे ब्रिफिङ्गको क्रममा काठमाडौं प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी कुल ६ हजार सुरक्षाकर्मी खटिनेगरी तयारी गरीएको र एक सिफ्टमा मात्र एक हजार दुई सय सुरक्षाकर्मी खटिने जानकारी गराए ।

त्यस्तै स्थानीय तह, पशुपति क्षेत्र विकास कोष, नेपाल स्काउट तथा सुरक्षा निकायको समन्वयमा हेल्प डेस्कको व्यवस्था गरीएको र भिडमा हुनसक्ने महिला दुर्व्यवहार लगायतलाई नियन्त्रण गर्न सादा पोशाकका सुरक्षाकर्मीहरु परिचालन गरीएको काठमाडौं प्रहरी प्रहरी प्रमुख थापाले जानकारी गराए ।

सुरक्षा व्यवस्थाबारे जानकारी लिएपश्चात मन्त्री अर्यालले दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन तथा सुरक्षा व्यवस्थामा कुनै कमि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्री पर्वमा अन्दाजी ७ लाख दर्शनार्थीले दर्शन गर्ने अनुमान गरीएको छ । कोषले दर्शनलाई सहज बनाउन बिहान २ बजेबाट पशुपतिका चार वटै ढोका खुल्ला रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?