+
+
Shares

मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १८:३७

मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ ।

रुसी आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार भवनबाट १६ जनाको उद्धार गरिएको छ ।

आगलागी नियन्त्रणमा लिइसकिएको छ ।

आगलागी भवनको चौथो तलामा भएको र आगलागीले ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ ।

यसैबीच, स्थानीय अधिकारीहरूले प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै भनेका छन्, ‘आगो लाग्नुको कारण विद्युतीय उपकरणहरूमा आकस्मिक रूपमा समस्या आएका कारण भएको हुनसक्ने देखिएको छ।’

अधिकारीहरूले आगलागीको कारण स्थलगत अनुसन्धानको नतिजाको आधारमा पछि सार्वजनिक गरिने बताएका छन् ।

मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?