+
+
Shares
वार्ता- मन्धरा चिमरिया :

ओली र बालेनसँग लाइभ डिबेट पर्खिरहेकी यी कांग्रेस उम्मेदवार

अचेल हेभिवेट भन्ने शब्द चल्तीमा छ । मन्धरा भने यो शब्दको अर्थमै प्रहार गर्दै सोध्छिन्, ‘को हो हेभिवेट ? मिडियाले हाइलाइट गरेको भरमा कोही हेभिवेट हुनसक्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते २१:१६

झापा–५ भन्नेबित्तिकै यो आम चुनावको इपिसेन्टरको चित्र आउँछ । यसअघि चारपल्ट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली यसै क्षेत्रबाट निरन्तर लड्दै आएका नेता हुन् ।

उनलाई टक्कर दिन आएका छन्, रास्वपा वरिष्ठ नेता बालेन शाह । झापा ५ मा मात्रै होइन, देशविदेशमा ओली बालेन प्रतिस्पर्धा कस्तो होला भन्ने विश्लेषण र अनुमान चलिरहेका छन् ।

यसैबीचमा अघिल्लो चुनावमा पहिलो ठूलो दल बनेको कांग्रेसले महासमिति सदस्य मन्धरा चिमरिया पौडेललाई उम्मेदवार बनाएको छ । मन्धरालाई झापा ५ को प्रतिनिधिसभा चुनाव उम्मेदवार बनाउँदैगर्दा ओली र बालेनसँगको प्रतिस्पर्धा हुनुका सम्भावना र चुनौतीको विश्लेषण गरेरै पठाएको पार्टीको बुझाइ छ ।

अचेल हेभिवेट भन्ने शब्द चल्तीमा छ । मन्धरा भने यो शब्दको अर्थमै प्रहार गर्दै सोध्छिन्, ‘को हो हेभिवेट ? मिडियाले हाइलाइट गरेको भरमा कोही हेभिवेट हुनसक्छ ?’

अनलाइनखबरका बसन्त बस्नेतसँग मन्धराले गरेको यो भिडियो वार्तामा उनका सामाजिक कामहरूको विगत समाविष्ट छ । उनले कांग्रेसका तर्फबाट आफूले लगेका एजेन्डाबारे बताएकी छन् ।

‘मिडियामा हाइलाइट भएनौं होला, तर जनताको घरदैलोमा सधैं छौं, मिडियाले हेभिवेट भनिदिएको हो,’ मन्धराले भनिन्, ‘तर जनताको बीचमा काम गरेको हामीले हो ।’

मन्धराले ओली र बालेनसँग बसेर प्रत्यक्ष संवाद गर्न, प्रश्न गर्न र जवाफ दिन आफू तयार रहेको बताएकी छन् । यसअघि जनताका एजेन्डा छुटेको, तर नेताहरू बिजनेस टावर, भ्यु टावर बनाउने कुरालाई प्रतिष्ठाको विषय बनाएको उनको आरोप छ ।

‘लाइभ डिबेट गरौं, ओली र बालेनसँग बसेर कुरा गर्नुपर्यो भने मैले सोध्ने प्रश्न धेरै छन्,’ मन्धराले भनिन्, ‘युवा, महिला, बालबालिका वृद्धवृद्धाका विषयमा के गर्नुभयो उहाँहरूले ? भ्युटावर बनाएँ भनेर विकास हुँदैन । मैले हुम्ला जुम्ला रुकुम पुगेर समेत महिला अधिकारका लागि काम गरेकी छु । म लाइभ डिबेटमा आउन तयार छु ।’

तस्वीर/भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?