News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिमी देशहरूमा कुखुराको मासु पखाल्नु हुँदैन भनिन्छ किनभने यसले हानिकारक ब्याक्टेरिया फैलिन सक्छ।
कुखुराको मासु धेरैको भान्सामा पाक्ने गर्छ । तर पकाउनुअघि मासु पखाल्ने कि नपखाल्ने भन्ने अलमल धेरैलाई हुन सक्छ । पश्चिमी देशहरूमा दिइने आधिकारिक खाद्य सुरक्षा सल्लाह अनुसार कुखुराको मासु पखाल्नु हुँदैन । त्यसो गर्दा हानिकारक ब्याक्टेरिया फैलिनबाट रोकिन्छ ।
तर संसारभरका धेरै ठाउँमा कुखुराको मासु पखालेर मात्र पकाइन्छ । यसो गर्नु सरसफाइ र हेरचाहसँग पनि जोडिन्छ । एशिया, क्यारेबियन क्षेत्र, दक्षिण अमेरिका, अफ्रिका र केही भूमध्यसागरीय संस्कृति भएका घरहरूमा नधोइ कुखुराको मासु पकाए घिनलाग्दो अथवा फोहोर भन्ने समेत गरिन्छ ।
तर विज्ञान के भन्छ ?
कुखुराको काँचो मासुमा क्याम्पिलोब्याक्टर र साल्मोनेला जस्ता ब्याक्टेरिया हुन्छन् । यिनले फुड पोइजनिङ गराउन सक्छ । बेलायतको युनिभर्सिटी अफ रिडिङका सह-प्राध्यापक डा. किमोन एन्ड्रियास करात्जासका अनुसार भान्सामा कुखुराको काचो मासु धुँदा बग्ने पानीका थोपाहरूले रोग फैलाउन सक्छन् । किनकि तिनीहरू सिंक, भान्साको सतह र वरपर राखिएका अन्य खानाहरूमा सजिलै पुग्न सक्छन् ।
यसलाई प्रष्ट पार्न करात्जासले एउटा प्रयोग गरे । उनले खुकुराको आलो मासुमा युभी लाइटमा ब्याक्टेरिया देखिने रसायन लगाए । अनि १० सेकेन्डभन्दा कम समयका लागि मासु पखाले । त्यसबेला पानी उछिट्टिएर पूरै सिंकमा फैलिएको थियो ।
नाङ्गो आँखाले हेर्दा ती पानीका थोपा मात्र देखिन्थे । तर, युभी लाइटमा ब्याक्टेरियाहरू काउन्टर, सेफको लुगा र नजिकै राखिएको सलादमा पुगिसकेका थिए । यस्तो अवस्थामा मासुलाई राम्रो पकाए पनि बिरामी पर्न सक्ने सम्भावना रहिरहन्छ ।
क्याम्पिलोब्याक्टर किन खतरनाक छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार क्याम्पिलोब्याक्टर पखाला लाग्ने रोगहरूको विश्वव्यापी चार प्रमुख कारणमध्ये एक हो । यो विशेषगरी साना बच्चाहरूका लागि बढी खतरनाक हुन्छ । यसको विरुद्धमा अहिलेसम्म कुनै खोप उपलब्ध छैन ।
क्याम्पिलोब्याक्टरको एक थोपा पानीमा १० ट्रिलियनसम्म ब्याक्टेरिया हुन सक्छन्, जुन पृथ्वीको कुल जनसङ्ख्याभन्दा हजारौँ गुणा बढी हो । यसको थोरै मात्राले पनि मानिसलाई गम्भीर बिरामी बनाउन सक्छ ।
संक्रमणका लक्षणहरू के हुन् ?
सामान्यतया संक्रमण भएको दुई देखि पाँच दिनपछि लक्षणहरू देखिन्छन् । यसमा पखाला (कहिलेकाहीँ रगतसहित), पेट दुख्ने, ज्वरो, टाउको दुख्ने र बान्ता हुने जस्ता लक्षण पर्छन् । केही गम्भीर अवस्थामा यसले प्यारालाइसिस समेत गराउन सक्छ।
मानिसहरू अझै पनि कुखुराको मासु पखाल्छन् ?
सन् २०२४ को एक अध्ययन अनुसार दक्षिण पूर्व एशियाका ९६ प्रतिशत मान्छेले कुखुराको मासु पखालेर नै पकाउँछन् । कतिपय ठाउँमा मासु खुल्ला बजारमा काटिने हुनाले सरसफाइका लागि धुनु अनिवार्य ठान्ने चलन छ ।
तर विशेषज्ञहरू त्यस्तो नगर्न सल्लाह दिन्छन् । बरु ब्याक्टेरिया मार्न तरकारी राम्ररी पकाउनु पर्ने बताउँछन् । त्यसो गर्दा तापक्रमले सबै कीटाणु नष्ट गर्छ । जुन पखाल्नु जत्तिको जोखिमपूर्ण पनि हुँदैन ।
बीबीसीबाट
प्रतिक्रिया 4