+
+
Shares

१० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेस घोषणा

कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ।
  • सभापति गगन थापाले व्यक्तिगत आयकर अधिकतम २५ प्रतिशत र संस्थागत कर २० प्रतिशतमा झार्ने योजना सुनाए।
  • कांग्रेसले तीन महिनाभित्र नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ ।

कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।

नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको उनले बताए । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे ।

व्यक्तिगत आयकरको सीमा सबैभन्दा धेरै रहेको देशमा नेपाल पर्छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे ।

संस्थागत सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले सुनाए ।

नेपालमा निजी क्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने उनको भनाइ छ । भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबरहरू समेत निजी क्षेत्रको एक हिस्सा रहेको उनले बताए ।  कांग्रेसले आफ्नो सरकार बनेको तीन महिना भित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता सभापति थापाले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?