+
+
Shares

खेलौनाहरूबाट संगीत बनाउने यी गायक

१२ वर्षको उमेरदेखि गीतार बनाउन थालेका उनले ‘म्युजिक फ्रम आउटर स्पेस’ नामक वेबसाइट फेला पारे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतका स्याम जेम्स बार्टलले लुक मम नो कम्प्युटर नामले अनौठो संगीत सिर्जना गर्दै आएका छन्।

हेर्दा उनी बिग्रेका मसिनहरू बनाइरहेका छन् उनको वरिपरि अस्तव्यस्त वातावरण छ । मसिनहरूसँग उनी खेलिरहेका छन् ।

यत्रतत्र छरिएका तारहरू जोडिरहेका छन् । बिग्रेका जस्ता लाग्ने, स-साना स्क्रिनका कम्प्युटरहरू आसपासमा राम्रै संख्यामा छन् । भनौं न विद्युतीय सामग्रीहरूले उनलाई भरेको हुन्छ ।

र, यसबाट उनले संगीत सिर्जना गरिरहेका छन् । जुन सायदै त्यसअघि बनेको हुन्छ । विशुद्ध फरक आवाजमा बन्ने ती संगीत पहिलो पटक सुन्दा झर्को पनि लाग्न सक्छ । उनलाई त्यस्तै आवाजमा प्रेम छ । ती क्यार्र–क्यार्र गर्ने, कर्कशझैं लाग्ने आवाजलाई बिस्तारै उनले कर्णप्रिय बनाउँदै लान्छन् । र, केहीबेरमै सुन्नलायक एउटा संगीत तयार हुन्छ ।

उनी हुन्, बेलायतका स्याम जेम्स बार्टल । उनलाई यो नामले त्यति धेरैले चिन्दैनन् । उनको चिनारी नाम ‘लुक मम नो कम्प्युटर’ हो । अङ्ग्रेजीमा लेख्दा यो नाम पूरै ठूलो अक्षर अर्थात् क्याप्स लकमा लेख्नुपर्छ ।

उनलाई संगीत र विद्युत सामग्रीप्रति असाध्यै धेरै प्रेम छ । यसकारण जमानाका विद्युतीय सामग्रीहरू उनी जतन गर्छन् र त्यसलाई के-कसरी हुन्छ, संगीत सिर्जनामा लाग्छन् ।

उनी संगीत सिर्जना गर्छन् अनि जेबाट संगीत सिर्जन्छन्, ती पनि उनले बनाउँछन् । सिधा भन्दा उनी, संगीतसम्बन्धी अनौठो आविष्कार गरिरहन्छन् । आखिरीमा उनी संगीतकार हुन् । तर, अहिले उनको परिचय युट्युबर पनि छ ।

बेलायतकै एक मिडियाले त उनलाई ‘१०० प्रतिशत मेकर’ भनेर उल्लेख थियो । किनकि उनी आवाजहरू बताउँछन् ।

जस्तो, उनले फर्बी नामक खेलौना र गेम बोइबाट वाद्ययन्त्र र सिन्थेसाइजर बनाएका छन् । उनी फरक तरिकाले सोच्छन्, र फरक प्रकारको नै संगीत बनाउँछन् ।
यहाँ उनलाई बुझ्दै गर्दा सिन्थेसाइजरलाई बुझ्नु आवश्यक छ । किनकि उनको काम नै यही हो । सिन्थेसाइजर भनेको कुनै पनि प्रकारको आवाज सिर्जना गर्न सक्ने एक प्रकारको उपकरण हो ।

जस्तो, उनले साइकल कुदाउँदै संगीत बनाउने यन्त्र बनाएका छन्, विभिन्न खेलौनाको आवाजलाई मिलाएर संगीत बनाएका छन् ।

उनलाई खेलौनाहरूप्रति भने सानैदेखिको प्रेम थियो । उनी तिनीहरूलाई खोतलखातल गरेर अनेकन् थोक बनाउन कोसिस गरिरहेका थिए । त्यो समयमा उनी घरभित्रै रोबोट वार्स नामक टेलिभिजन कार्यक्रम हेर्थे । तर, त्यसबाट प्रेरित भएर रकेट र रोबोटहरू बनाउन खोज्थे । उनी अक्सर घरभित्रै खेलौना, आइरन, टोस्टर जस्ता सामग्री बिगारेर बनाउन बिताउँथे ।

१२ वर्षको उमेरदेखि गीतार बनाउन थालेका उनले ‘म्युजिक फ्रम आउटर स्पेस’ नामक वेबसाइट फेला पारे । यो वेबसाइट डीआईवाई सिन्थाइजर बनाउनका चर्चित रे विल्सनले तयार पारेका थिए ।

त्यसपछि स्याम जेम्स बार्टल अर्थात् लुक मम नो कम्प्युटर पनि सिन्थेसाइजरतिर लोभिए । उनले फरकफरक वस्तुबाट आवाज निकाल्न थाले । तिनलाई मिलाउन थाले । यो प्रक्रिया आफैंमा झन्झटिलो र रमाइलो हुन्छ ।

त्यसै सिलसिलामा उनले आफ्नो काम देखाउन सन् २०१३ मा युट्युब च्यालन पनि खोले । सामाजिक सञ्जालमा कसरी सिन्थेसाइजरलाई प्रयोग गर्छन्, देखाउन थाले । उनको कामलाई मान्छेहरूले राम्रो माने । सुरुका दिनतिर भिडियो र अडियो दुवैको गुणस्तर राम्रो हुन्थेन । उनले त्यसलाई मिलाउँदै गए ।

यो समयमा आइपुग्दा त उनले लाखौं फ्यान कमाइसकेका छन् । विभिन्न फिल्महरूमा अडियो प्रोडक्सनको काम गरिसकेका छन् ।

बेलायतमा आफ्नो रुचिलाई अरू माझ पुर्‍याउन ‘दिस म्युजियम इज (नट) अब्सोलिट’ नामक संग्रहलाय चलाउँछन् । जहाँ उनले पुराना र लोप हुन लागेका प्रविधि र सांगीतिक उपकरणहरूलाई जीवित राखेका छन् । जस्तो, उनले १०० वर्ष पुरानो चर्च अर्गान नामक बाजालाई एउटा पुरानो ‘गेम बोइ’बाट नियन्त्रण गरेर बजाउन मिल्ने बनाएका छन् ।

हालैमा मात्र भने उनी पप संगीतको ओलम्पिक भनेर चिनिने युरोभिजनमा बेलायतको तर्फबाट परेका छन् । युरोपियन ब्रोडकास्टिङ युनियनले हरेक वर्ष आयोजना गर्ने युरोभिजन संसारकै ठूलोमध्येको एक अन्तर्राष्ट्रिय गीत प्रतियोगिता हो ।

बेलायतका तर्फबाट ७०औं युरोभिजन सङ कन्टेस्टमा मनोनित भइसकेपछि धेरैले उनलाई प्रशंसा गरिरहेका छन् । त्यहाँ उनले बिल्कुलै फरक संगीत दिने विश्वास गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?