+
+
Shares

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते ११:३७

८ फागुन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।

रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए ।

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।

गएराति दाङमा रास्वपा समर्थकहरुले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रुपन्देहीको सभा स्थगित भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताहरु रुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?