+
+
Shares

रास्वपा छाडेका पूर्वडीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा

खरेल काभ्रेपलाञ्चोक २ का कांग्रेस उम्मेदवार मधु आचार्यको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन ८ गते ११:४७

८ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् ।

खरेल काभ्रेपलाञ्चोक २ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यको पाँचखालमा भइरहेको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । पाँचखाल ५ को केराघारीमा पुगेका खरेलले आफू कुनै पार्टीमा नलागे पनि रुपान्तरण सहित आएको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित चुनावी कार्यक्रममा आएको बताए ।

‘म न्युट्रल मान्छे हो, म कुनै पार्टीमा आवद्ध छैन, तर नेपाल आमाले नयाँ अनुहार खोजुरहनुभएको छ । न्युट्रल भोटरको हिसाबमा हेर्दा नेपाली कांग्रेस हिजोको कांग्रेस रहेन, सुदृढीकरण गरेर युवा नेताहरुको उदय भएको र त्यो उदय भनेको भोलिको प्रष्ट भिजन, मिसन र भिजनलाई एक्सनमा लाने एउटा उदय हो,’ खरेलले भने, ‘गगन र विश्वप्रकाशको आँटलाई सहयोग पुर्याउन कांग्रेसलाई मत माग्न आएको हुँ ।’

आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी बाराको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनावमा जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?