+
+
Shares

यश अभिनित ‘टक्सिक’ को एक्सनप्रधान टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १२:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय फिल्म 'टक्सिक' मार्च १९, २०२६ मा रिलिज हुने भएको छ र यो रणवीर सिंहको 'धुरन्धर २' सँग प्रतिस्पर्धा गर्नेछ।
  • 'टक्सिक' सन् १९४० देखि १९७० को दशकको गोवा शहरमा आधारित छ र यशले राया पात्रको भूमिका निभाएका छन्।
  • फिल्मको निर्देशन गीतु मोहनदासले गरेकी हुन् र यसमा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी लगायत कलाकार छन्।

मुम्बई । यश, कियारा आडवाणी र लामो स्टारकास्ट रहेको भारतीय फिल्म ‘टक्सिक’ दमदार टाइटल इन्ट्रो भिडियोपछि लगातार चर्चामा छ । टिजर सार्वजनिक भइसकेको छ र अहिले फ्यान फिल्म रिलिजको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

निर्देशक गीतु मोहनदासले यसअघि नै २० फेब्रुअरीमा टिजर आउने बताइसकेकी थिइन् । त्यसपछि प्रशंसक निकै उत्साहित थिए । टिजर सार्वजनिक भएपछि फिल्मप्रतिको उत्साह झन् बढेको छ । यो फिल्म रणवीर सिंहको ‘धुरन्धर २’ सँग जुध्ने बताइएको छ । अन्ततः टिजर युट्युबमा आइसकेको छ ।

‘टक्सिक’ को कथावस्तु

फिल्मको यूएई वितरक ‘फार्स फिल्म’ ले आफ्नो वेबसाइटमार्फत कथाबारे केही जानकारी सार्वजनिक गरेको छ, जसबाट यसको कथावस्तु स्पष्ट हुन्छ ।

जानकारीअनुसार ‘टक्सिक’ सन् १९४० देखि १९७० को दशकबीचको कथामा आधारित छ, जसको केन्द्रमा गोवा शहर छ । यशले चित्रण गरेको राया नामको पात्रको डर, शक्ति र आफ्नै साम्राज्य बनाउने चाहना कथाको मुख्य आधार हो ।

सिनोप्सिसमा भनिएको छ, ‘हरेक कामको आफ्नै परिणाम हुन्छ । शक्ति दिइँदैन, खोस्नुपर्छ, र त्यसका लागि सधैं मूल्य चुकाउनुपर्छ । तस्करीका बाटाहरू लडाइँका मैदान बन्दै जाँदा बफादारी शंकामा बदलिन्छ, र डर नै बाँच्ने माध्यम बन्छ । अन्ततः उसका निर्णयहरू नै परिणामभन्दा बढी शक्तिशाली साबित हुन्छन् ।’

‘टक्सिक’ को प्रदर्शन मिति : ‘धुरन्धर २’ सँग टक्कर

फिल्म ‘टक्सिक : ए फेयरीटेल फर ग्रोनअप्स’ को रिलिज मितिबारे चलिरहेका अड्कलबाजी अब समाप्त भएका छन् । खबरअनुसार यो फिल्म मार्च १९, २०२६ मा तय समयमै सिनेमा घरमा रिलिज हुने भएको छ ।

यस मितिका कारण फिल्मको सीधा भिडन्त ‘धुरन्धर २’ सँग हुने देखिएको छ, जसले बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने सम्भावना बढाएको छ । ‘हलिउड रिपोर्टर इन्डिया’ को एक रिपोर्टअनुसार, ‘टक्सिक’ निर्माताले सन् २०२५ को हिट फिल्म ‘धुरन्धर’ को सिक्वेलसँग जुध्ने भए पनि रिलिज मिति नसार्ने निर्णय गरेका छन् ।

‘टक्सिक’ को बजार तथा कलाकार

‘टक्सिक’ एक पीरियड एक्सन थ्रिलर फिल्म हो, जसको लेखन र निर्देशन गीतु मोहनदासले गरेकी हुन् । यशसँगै यस फिल्ममा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्त पनि मुख्य भूमिकामा छन् ।

यसका साथै अक्षय ओबेरोय, सुदेव नायर, अमित तिवारी लगायत अन्य कलाकार पनि फिल्मको हिस्सा छन् । बजेटको हिसाबले हेर्दा ‘टक्सिक’ को लागत करिब ६०० करोड भारु बताइएको छ । त्यसैले बक्स अफिसमा सफल हुन फिल्मले राम्रो कमाइ गर्नुपर्ने दबाब रहनेछ ।

यो फिल्म कन्नड र अंग्रेजीमा एकैसाथ छायांकन गरिएको हो र यसलाई हिन्दी, मलयालम, तेलुगू र तमिलसहित ६ भारतीय भाषामा डब गरेर रिलिज गरिनेछ ।

यशलाई अन्तिम पटक मुख्य भूमिकामा ‘केजीएफ : च्याप्टर २’ मा देखिएको थियो । प्रशान्त नीलको निर्देशनमा बनेको यो एक्सन फिल्म सिनेमा घरमा निकै सफल भएको थियो र विश्वभर करिब १२१५ करोड भारु कमाइ गरेको थियो ।

झन्डै चार वर्षपछि अभिनेता यश ‘टक्सिक’ मार्फत ठूलो पर्दामा फर्किन लागेका छन् । यसबाहेक उनी रणबीर कपूरको आगामी फिल्म ‘रामायण’ मा रावणको भूमिकामा पनि देखिनेछन्, जुन यस वर्षको तिहार (दिवाली) मा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?