+
+
Shares

‘टक्सिक’ को नेपाल र उत्तर भारतको वितरण अधिकार थडानीले लिए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय फिल्म 'टक्सिक' १९ मार्चमा विश्वब्यापी प्रदर्शनका लागि तयारीमा छ र हिन्दी बेल्टमा पनि रिलिज हुँदैछ।
  • फिल्म 'टक्सिक' को उत्तर भारत र नेपालमा वितरण अधिकार अनिल थडानीको कम्पनी एए फिल्म्सले लिएको छ।
  • 'टक्सिक' यश र गितु मोहनदासले लेखेको र निर्देशन गरेको फिल्म हो जसलाई विभिन्न भाषामा डब गरिनेछ।

काठमाडौं । यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’ १९ मार्चमा विश्वब्यापी प्रदर्शन तयारीमा छ । यो फिल्म उत्तर भारतमा समेत हिन्दी बेल्टमा रिलिज हुँदैछ ।

यस्तोमा, यश र वितरक अनिल थडानीबीच सहकार्य भएको छ । भारतीय फिल्मका ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मको उत्तर भारत र नेपालको वितरण अधिकार थडानीले लिएका छन् ।

थडानीको कम्पनी एए फिल्म्स भारतको प्र्रभावशाली वितरकमध्ये एक हो । यसअघि यश अभिनीत ‘केजीएफ : च्याप्टर वान’ र ‘केजीएफ : च्याप्टर २’ को ऐतिहासिक सफलतापछि यी दुई पक्षबीच पुनः सहकार्य भएको हो ।

विशेषगरी ‘केजीएफ २’ को रेकर्डतोड व्यापारपछि यशको नयाँ फिल्मप्रति अपेक्षा बढेको छ । ‘टक्सिक’ उगादी, गुडीपडवा र इदको चाडपर्वको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याइँदैछ ।

फिल्मलाई यश र गितु मोहनदासले लेखेका हुन् । निर्देशन पनि मोहनदासकै छ । ‘टक्सिक’ अंग्रेजी र कन्नड भाषामा एकैसाथ छायांकन गरिएको हो । यसलाई हिन्दी, तेलुगु, तमिल, मलयालमसहित विभिन्न भाषामा डब गरिने जनाइएको छ ।

स्टारकास्ट र ब्यानर हेर्दा, ‘टक्सिक’ को नेपाल वितरण अधिकार २ देखि ३ करोड भारुमा बिक्रीको लागि प्रस्ताव हुनसक्ने विदेशी फिल्मको नेपाल वितरणमा सक्रिय केही वितरक बताउँछन् ।

टिजर रिलिज भएसँगै ‘टक्सिक’ को प्रतीक्षा उच्च छ । सोही मितिमा रणवीर सिंह स्टारर अर्को प्रतीक्षित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ अर्थात ‘धुरन्धर २’ पनि आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?