+
+
Shares

मतपत्र जिल्ला-जिल्ला पुर्‍याइँदै

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १७:३९

८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको भएको छ ।

निर्वाचन आयोगका अनुसार मतपत्र जिल्ला–जिल्ला पुर्‍याइँदै छ ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार प्रत्यक्षतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख तेइस हजार मतपत्र छापिएको छ ।

छापिएका मतपत्र गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट ढुवानी सुरु गरिएको थियो । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको छ ।

अन्य प्रदेशहरुमा ढुवानी कार्य जारी छ । मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको छ ।

मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो ।

जस अनुसार दश लाख ९८ हजार दुई सय नमूना मतपत्र छपाइ गरिएको थियो । पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म आवश्यक पर्ने दुई करोड आठलाख तीस हजार मतपत्र छपाइ सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?