+
+
Shares

‘लालिमा’ को नयाँ पोस्टरले फिल्मबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २९ गते प्रदर्शन हुने फिल्म 'लालिमा' को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ।
  • पोस्टरमा मुख्य पात्रले यौनकर्मीको भूमिका निर्वाह गरेको जनाइएको छ।
  • निर्देशक रोशन मिराजले नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ भनेका छन्।

काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माताले शीर्ष अभिनेत्री रोशनी कार्कीलाई फिचर्ड गर्दै शुक्रबार पोस्टर सार्वजनिक गरेको हो ।

यसअघि सार्वजनिक गरिएको पहिलो झलकले फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको निर्देशक तथा लेखक रोशन मिराजले बताए ।

दोस्रो पोस्टरमा समस्यामा जेलिएकी पात्रालई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । फिल्ममा मुख्य पात्रले यौनकर्मीको भूमिका निर्वाह गरेको जनाइएको छ ।

पोस्टरबारे निर्देशक मिराज भन्छन्, ‘पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो । नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ ।’

पुरुषतर्फको शीर्ष भूमिकामा जीवन भट्टराई छन् । उनीसँगै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सविन कट्टेल र शिशिर वाङ्देलको पनि अभिनय छ ।

३ हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारित रहेर यो फिल्म तयार भएको मेकरको दाबी छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् ।

दीपक दंगालको नेसनल सिने ग्रुप नेपालले यो फिल्मलाई २९ फागुनमा देशब्यापी वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?