+
+
Shares

गुल्मीको हर्पुकोटमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते ७:०६

९ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो ।

बोहरा हाल रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा ४ जना प्रहरी टोली र सशस्त्र प्रहरी बल गुल्म गुल्मीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कुशल कक्षपतिको कमाण्डमा ९ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।

स्थानीयवासी र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा बिहान ५:१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको छ । तर, घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?