१३ फागुन, काठमाडौं । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याएका चार लाख रुपैयाँभन्दा बढीको सामग्री बरामत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याउँदै गरेको चार लाख रुपैयाँ भन्दा बढीको लत्ताकपडा र कस्मेटिक्सको सामग्री बरामत गरेको जनाएको छ ।
मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले चेकजाँच गर्दा चार लाख २४ हजार ९४८ रुपैयाँ बराबरको सामग्री बरामत गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
जसमा रुपन्देही रोहिणी गाउँपालिका- १ र २ बाट बच्चाको सेट कपडा ९० सेट, बच्चाको टिसर्ट ३०० पिस, अन्डरवयर ४४० थान र बिजुली तथा हार्डवयरका सामान बरामत भएको प्रहरीले जनाएको छ । जसको मूल्य दुई लाख १५ हजार ४०० रहेको प्रहरीले भनेको छ ।
यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ८ बाट दुई लाख ९ हजार ५४८ रुपैयाँ बराबरको कस्मेटिक सामग्री फेला परेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4