+
+
Shares

निर्वाचनबाट एमाले देशको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छ : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १६:४८

१५ फागुन, काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेएका उनले शुक्रबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गरेका हुन् ।

निर्वाचनलाई देश बनाउने र विगार्नेहरूबीचको जनमत संग्रहको रुपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउन लागि परेको समेत बताए ।

‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रुपमा लिनुपर्छ जस्तो लाग्छ । त्यो जनमत संग्रह भनेको देश बनाउनेहरू र बिगार्नेहरूबीचको जनमत संग्रह हो । त्यसकारण नेकपा (एमाले)ले देश बनाउनेहरूको प्रतिनिधित्व गर्छ,’ पोखरेलले भने ।

उनले केही शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोशिस गरिरहेको पनि बताए ।

‘देश बिगार्नेहरू पनि छन । र तिनीहरू पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोशिस गरेका छन । तर हाम्रो कोशिस, नेकपा एमालेका कोशिस के भने भने देश बनाउनेहरूले निर्णायक शक्तिको रुपमा  आउनु पर्छ । हामी यो निर्वाचनलाई त्यो परिणाममा पुर्‍याउन चाहन्छौँ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?