+
+
Shares

इरानमाथिको आक्रमण तुरुन्त रोकियोस् : रूस

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १७:३०

१६ फागुन, काठमाडौं । रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।

रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।

उसले स्थिति राजनीतिक तथा कूटनीतिक समाधानको मार्गमा फर्किन आवश्यक भएको पनि बताएको छ ।

वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारीहीन कार्यहरूको वस्तुनिष्ठ मूल्याङ्कन छिटो प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको अलजजिराले जनाएको छ ।

रूसले यसअघि जस्तै अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र स्वार्थको सन्तुलनमा आधारित शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा सहयोग गर्न तयार रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?