+
+
Shares

जनमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १७:४२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
  • प्रचण्डले सन्तुलित र स्वाभिमानी विदेश नीति अपनाउने र आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
  • उहाँले रोजगार सिर्जना, कृषि र उद्योगमा जोड, नवप्रवर्द्धन र प्रबिधि प्रवर्द्धनका लागि जनताको मत माग्नुभएको छ।

१७ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मतदानको पूर्वसन्ध्यामा अफि जारी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भनेका छन्, ‘जनताको मत हामीलाई शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायीत्व, सुशासन र समृद्धितिर लैजान चाहिएको हो ।’

सन्तुलित र स्वाभिमानी विदेश नीति अपनाउने पनि उनको प्रतिबद्धता छ ।

संयोजक प्रचण्डले आर्थिक विकास र सुशासनका लागि समेत काम गर्ने भन्दै उनले मत मागेका छन् ।

उनी अगाडि भन्छन्, ‘रोजगार र उत्पादनमुखी अर्थतन्त्रका लागि, कृषि र उद्योगलाई जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न, युवालाई विदेशिन नपर्ने वातावरण बनाउन, नवप्रवर्द्धन, प्रबिधि र उद्यमशिलता प्रवर्द्धन गर्न जनताको मत चाहिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?