+
+
Shares

मध्यपूर्व तनाव : यूएईबाट नेपाली भन्छन्- निरन्तर पड्किरहेको छ, असुरक्षित भयौं

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ५:३५

१८ फागुन, काठमाडौं । मध्यपूर्व तनावग्रस्त छ । मंगलबार नेपाली समय अनुसार (बिहान ४ बजे) यूएईको आबुदाबी नजिकैको आकाशमा निरन्तर पड्किरहेको छ ।

मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानी दोहातर्फ निरन्तर आक्रमण भइरहेको हो ।

नेपालीहरूको बाक्लो संख्या रहेको हमिम सिटीबाट केही नेपाली युवा त्रसित बन्दै केहिबेर अघि अनलाइनखबरको सम्पर्कमा आएका छन् ।

`निरन्तर पड्किरहेको छ । हामी के गर्ने कहाँ जाने भन्नेमा पर्यौ । निरन्तर मोबाइलमा अलर्ट आइरहेको छ,´ केहीबेर अघि सिन्धुपाल्चोकका प्रमोद चौलागाईंले भने ।

उनले तनावबीच आफूहरू असुरक्षित महसुस गरिरहेको बताए । साथै, राज्यले दुबई लगायतका देशमा भएका नेपालीको उद्दार गर्नुपर्ने उनको भनाइ छ ।

विस्फोटका कारण मध्यपूर्वका शहरबासीहरूमा त्रास फैलिएको भएको छ ।

अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको हो ।

स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठूला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको हो ।

उता, अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देश छोड्न आग्रह समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?