News Summary
Generated by OK AI. Editorially reviewed.- बर्दियामा प्रतिनिधिसभा निर्वाचनको क्रममा दिउँसो २ बजेसम्म ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए।
- बर्दिया जिल्लामा कुल ३ लाख २३ हजार २६६ मतदाता रहेका छन् जसमा पुरुष १ लाख ५९ हजार ३८७, महिला १ लाख ६३ हजार ८७३ र अन्य ६ जना छन्।
- जिल्लामा १५४ मतदान स्थल र ३८७ मतदान केन्द्र रहेका छन् भने दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन्।
२१ फागुन, बर्दिया । प्रतिनिधिसभा निर्वाचनको क्रममा बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । दिउँसो २ बजेसम्म कुल मतदातामध्य बर्दिया जिल्लामा ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए।
बर्दिया जिल्लामा पुरुष १ लाख ५९ हजार ३८७, महिला १ लाख ६३ हजार ८७३ र अन्य ६ जना गरी ३ लाख २३ हजार २६६ जना मतदाता रहेका छन् ।
बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ८३ हजार ८०३, महिला ८४ हजार २२७ र अन्य चार जना गरी १ लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् भने त्यस्तै क्षेत्र नम्बर २ मा ७५ हजार ५ ८४ पुरुष, ७९ हजार ६४६ महिला, र दुई जना अन्य गरी १ लाख ५५ हजार २३२ जना मतदाता रहेका छन् ।
बर्दिया जिल्ला भरी एक सय ५४ वटा मतदान स्थलमा ३८७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्लाभर दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4